दोल्ती पावर र भुगोल इनर्जीको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा दोल्ती पावर कम्पनी लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको पहिलो कारोबार भएको छ। हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुवे कम्पनीको सेयर सूचीकृत भएसँगै आज बिहीबारबाट कारोबारमा आएको हो ।

नेप्सेले दोल्ती पवारलाई पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ८७ रुपैयाँ र अधिकतममा २६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर २६१ रुपैयाँमा किनबेच भएको छ। नेप्सेले कम्पनीलाई ‘डीओएलटीआई’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा दोल्ती पावरको १०० अंकित दरका कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ५५ हजार ४०२ कित्ता र सर्वसाधारणको १६ लाख ९ हजार ४५८ कित्ता छन्।

त्यस्तै, नेप्सेृले भूगोल इनर्जीलाई पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता ६७.६३ रुपैयाँ र अधिकतममा २०२.८९ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो। आज प्रि–सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २०२ रुपैयाँमा किनबेच भएको छ। नेप्सेले कम्पनीलाई ‘बीईडीसी’ कारोबार संकेत प्रदान गरेको छ।

भूगोल इनर्जीको १०० अंकित दरका कुल ५४ लाख ४० हजार ५३४ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता र सर्वसाधारण समूहको १६ लाख ३२ हजार १६० कित्ता सेयर छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स