युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, ५ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौ. । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान कम्पनीको एफपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको एफपीओमा १३ लाख ५७ हजार १८० आवेदकबाट कुल १ करोड ५४ लाख २७ हजार ५३० कित्ता सेयर माग भएको थियो। जसमा १३ लाख ५५ हजार ६८७ आवेदकबाट परेको १ करोड ५४ लाख १० हजार १६० कित्ता सदर भएको छ भने १ हजार ४९३ आवेदकबाट परेको १७ हजार ३७० कित्ता बदर भएको छ। । जस अनुसार गोलाप्रथाबाट ३७ हजार ९ सय ४२ जनाले मात्र सेयर पाएका छन् । सेयर पाएका ३७ हजार ९ सय ४२ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन्।

एफपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ।

१. युनिक नेपाल लघुवित्तको वेबसाइट https://uniquenepalmicrofinance.com.np/,
२.बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको https://muktinathcapital.com,,
३.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
४.सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट  iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले एफपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले जेठ ११ गतेदेखि आज जेठ १७ गते सम्मका लागि सेयर निष्काशन गरेको थियो ।

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

एफपीओ निष्काशनका लागि गराएको रेटिमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स