युनिक नेपाल लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको एफपीओ भोलि जेठ २५ गते (बिहिबार) बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले जेठ ११ गतेदेखि आज जेठ १७ गते सम्मका लागि सेयर निष्काशन गरेको थियो ।

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

एफपीओ निष्काशनका लागि गराएको रेटिमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ। एफपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १४ लाख ४ हजार ७ आवेदनबाट १ अर्ब ६३ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ३ हजार २० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जुन कम्पनीले निष्काशन गरेको ३ लाख ७९ हजार ४२५ कित्ता सेयरको ४२.९६ गुणा बढी हो ।

कम्पनीको एफपीओमा माग भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँडफाँट हुने छ । जससमा ३७ हजार ९४२ जनाले एफपीओ हात पार्ने छन् भने साढे १३ लाख भन्दा बढीको हात खाली हुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स