नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । बुधबार दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, दोल्ती पावरको १०० अंकित दरका कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ५५ हजार ४०२ कित्ता र सर्वसाधारणको १६ लाख ९ हजार ४५८ कित्ता छन्।

कम्पनीको सेयर ‘डीओएलटीआई’ सिम्बोलबाट सूचीकृत भएको छ । नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ८७ रुपैयाँ र अधिकतममा २६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

त्यस्तै, भूगोल इनर्जीको १०० अंकित दरका कुल ५४ लाख ४० हजार ५३४ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३८ लाख ८ हजार ३७४ कित्ता र सर्वसाधारण समूहको १६ लाख ३२ हजार १६० कित्ता सेयर छन्।

कम्पनीको सेयर ‘बीईडीसी’ सिम्बोलबाट सूचीकृत भएको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले नेप्सेबाट प्रतिकित्ता न्यूनतम ६७.६३ रुपैयाँ र अधिकतममा २०२.८९ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।

योसँगै अब भोलि यही मूल्यबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो अर्थात भोलिपल्टबाट कारोबार आउने गर्छ। सोही व्यवस्थाअनुरुप यी कम्पनीको सेयर भोलि बिहीबारबाट कारोबारमा आउनेछ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स