नेपाल रिपब्लिका मिडियाको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । नेपाल रिपब्लिका मिडिया लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपिओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ । जस अनुसार १० कित्ता वा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ता कै दरले सेयर पाएका छन् । त्यस्तै २० कित्ता वा बढीको लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता सेयर पाएका छन् । त्यस्तै ३० कित्ता वा सो भन्दा बढीको लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता सेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले अधिकतम ३० कित्तासम्म सेयर पाएका छन् ।

यसरी हेर्नुस् नतिजाः

१. बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट : https://megacapitalmarkets.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स