अपर लोहोरे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जेठ २३ गते कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ९८ हजार ४० कित्ता बराबरको २४ करोड ९८ लाख ४ हजार रुपैयाँको जारी गर्ने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स