नेप्से २५ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ५५ लाख ४१ हजारको कित्ता सेयर १ अर्ब ९८ करोड १० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, न्यादी हाइड्रोपावरको ९.८५%, सनराइज फोकस्ड इक्युटीको ९.२४%, सोल्टी होटलको ८.७५%, प्रभु इन्स्योरेन्सको ७.९९%, सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको ७.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सेन्चुरी डिभेन्चर २०८८ को ३.९४%, मनकामना स्मार्ट लघुवित्तको २.६७%, गोर्खाज फाइनान्सको २.४५%, सपोर्ट माइक्रोफाइनान्सको २. सिटिजन्स म्यूचल फण्डको १.९३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स