नेप्सेमा हरियाली छाएसँगै सोल्टी होटलसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ५५ लाख ४१ हजारको कित्ता सेयर १ अर्ब ९८ करोड १० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ६८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड १७ लाख, उपर तामाकोसीको ८ करोड ५६ लाख, नेपाल टेलिकमको ७ करोड २९ लाख र आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको ६ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स