काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको १० लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार, कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १५ प्रतिशत दरका कुल १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।