रावा इनर्जीको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म १९.८२ गुणा बढी आवेदन परेको छ । आज सोमबार साँझ ५ः१० बजेसम्म ११ लाख ६५ हजार ५२६ आवेदकबाट १ करोड २७ लाख ६१ हजार ४८० कित्ता सेयरको लागि आवेृदन परेको सीडीएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।

जुन कम्पनीले निष्काशन गरेको सेयरको १९.८२ गुणा बढी हो।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकै कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १/१ कित्ता सेयर पाउनेछन्।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । यस्तै जारी पुँजीको १० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकि रहेको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरुलाई र ३७ हजार ६१६ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स