रावा इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले आज जेठ २२ गते अन्तिम दिन रहेको हो ।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । यस्तै जारी पुँजीको १० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकि रहेको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरुलाई र ३७ हजार ६१६ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स