काठमाडौं । बजेट आएदेखि नीतिगत अष्टताका कारण घटेको सेयर बजार अर्थमन्त्रीले स्पष्ट पारेसँगै एकै दिनमा उचालिएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले पुँजीगत लाभकर नै अन्तिम कर भएको स्पष्टिकरण दिएपछि सेयर बजारको मनोबल फर्किएको हो । बजेटयता लगातार घटेको सेयर बजार अर्थमन्त्रीले प्रष्टाएपछि आज आइतबारमात्रै ५३.०३ अंकले बढेको छ ।
अर्थमन्त्रीले विगतमा कायम हुँदै आइरहेका व्यवस्था अनुरुपनै लागनीकर्तालाई अन्तिम पुँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम रहेको र वर्तमान व्यवस्था अनुरुप कुनै पनि लाभकर तथा अतिरिक्त आर्थिक व्यवस्था वृद्धि नगरिएको लागनीकर्ताहरूसँगको भेटमा भनेका थिए ।
लगानीकर्ताले तिर्ने ५ र ७.५ ने अन्तिम लाभकर भएको स्पष्ट पारेका छन् भने आर्थिक विधेयकमा उल्लेख गरिएको २९ नम्बर बुँदा सदन वा मन्त्री परिषद्बाट प्रक्रिया अनुरुप यसलाई व्यवस्थित प्रतिवद्धता व्यक्त गरेका छन् । २६ र २७ बुँदालाई भने सम्बन्धित पक्ष कम्पनी, लगानीकर्ता, बेरुजु देखाउने महालेखा परिक्षकको कार्यालयलगायत सम्बन्धित पक्षहरूको छफफलद्वारा केहि दिनभित्र देखिएको समस्याको उचित समाधान गरिने अर्थमन्त्री डा.महतले प्रतिवद्धता गरेका छन् ।
अर्थमन्त्रीको स्पष्टिकरणले मनोबल गुमाएका लगानीकर्ताको माग सम्बोधन भएपछि सूचक पुनः १९ सय माथि उक्लिएको छ । करमा स्पष्टता नहुँदा दिनहुँ आन्दोलनमा उत्रिएका लगानी निराश हुँदा नेप्से परिसूचक १९७७.९७ अंक ३ दिन लगातार घटेर १८३७.२४ सम्म आएको थियो ।
आर्थिक विधेयक मार्फत् आम लगानीकर्ताले पेशा वा व्यवसायका रुपमा कारोबार गरेर कमाएको भए त्यसमा अन्य आय सरह कर लाग्ने व्यवस्था गरिएको थियो। त्यसपछि लगानीकर्ता आन्दोलित भएका थिए। लगानीकर्ताको मनोबल पनि कमजोर भएको थियो।
नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षमा ८/१२ को सीमा लगाइदिएपछि ३२ सय अंक पुगेको परिसूचक १८÷१९ सय विन्दुमा ओर्लिसकेको थियो । बजेट यता बजार अझ घट्दा धेरै लगानीकर्ता विकल्पको खोजीमा लाथि सकेका थिए । अन्य विकल्पको खोजीमा लागेका लगानीकर्तालाई अर्थमन्त्रीको स्पष्टिकरणसहित केहि सहज भएको छ ।
अहिलेको अन्योलनलाई चिरेर अर्थमन्त्रीले जुन किसिमको प्रतिवद्धता व्यक्त गरेका छन्, त्यो पुँजीको विकास र विस्तारको लागि अत्यन्त राम्रो र सकारात्मक हुने आन्दोलनरत सेयर बजारका लगानीकर्ताहरूको वार्ता टोलीका सदस्य एसपी चौलागाईँले हाम्रोअर्थलाई बताए ।
‘अर्थमन्त्रीले आम लागनीकर्ताहरूको र राष्ट्र हितका बारेमा सोचेर यो स्पष्ट पारेका हुन्,’ उनले अर्थमन्त्रीलार्य उद्घृत गर्दै भने ‘हाम्रो मनशाय पुँजी बजार घटाउने हुँदै होइन, यसले अर्थतन्त्रको ऐनको रुपमा काम गर्नुपर्छ । पुँजी बजार बढ्दानै सरकारलाई राजस्व र लगानीकर्तालाई फाइदा मिलेको विगतको इतिहास जगजाहे छ । त्यसैले लगानीकर्तालाई समस्या हुने पुँजीगत लाभकर घट्ने कुनै पनि विषय अर्थ मन्त्रालयले समावेश गरेको छैन, जुन बुझाइमा अन्तर आएको छ, त्यसलाई म स्पष्ट पार्न चाहन्छु ।’
थोरै थोरै बचत गरेर लगानी गरेका लगानीकर्तालाई कुनै पनि किसिमको निराश बनाउने र आतंकित पार्ने अर्थ मन्त्रालयको मनसाय छैन । बजारलाई स्थिरता कायम गर्दै विश्वासनीय र गतिशिल बनाउने नै अर्थ मन्त्रालयको उद्देश्य पनि हो । हामी नीतिगत रुपमा सुधार गर्दै पुँजी बजारको विकास र विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/06/Clarification.pdf”]