काठमाडौं । आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरु छलफलका लागि अर्थ मन्त्रालयमा पुगेका छन्। बजेटमार्फत कर नीतिको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरु आज छलफलका लागि अर्थ मन्त्रालयमा पुगेका हुन् ।
अर्थमन्त्री डा. महतले छलफल तथा वार्ताका लागि बोलाएपछि लगानीकर्ताहरु अर्थमन्त्रालय पुगेका हुन् ।
आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन्। करको विषयमा सरकार पक्षसँग लगानीकर्ताको छलफल हुनेछ ।
विद्यमान पुँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने भन्दै गत बिहीबारदेखि आन्दोलित बनेका छन् । आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन्।
छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका पदाधिकारी, सेबोन अध्यक्ष र लगानीकर्ताका प्रतिनिधिहरुको उपस्थित रहेको छ।