नेप्सेमा पाँच कम्पनीको १ करोड २९ लाख बढी कित्ता बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पाँच कम्पनीको १ करोड २९ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। जेठ १४ गतेदेखि जेठ १७ गतेसम्म पाँच कम्पनीको कुल १ करोड २९ लाख ८३ हजार २९४.३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, जेठ १४ गते (आइतबार) एचआईडीसीएलको ५ प्रतिशत दरका १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत दरका ८ लाख ६४ हजार १०६.७६ कित्ता र स्वरोजगार लघुवित्तको २२ प्रतिशत दरका ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर सूचीकृत भएको छ ।

जेठ १६ गते (मंगलबार), मिथिला लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५.७७ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, जेठ १७ गते (बुधबार), सपोर्ट लघुवित्तको ११ प्रतिशत दरका कुल ९४ हजार ३८० कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स