रावा इनर्जीको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म ८.९६ गुणा बढी आवेदन परेको छ । शुक्रबार साँझ ५ः१२ बजेसम्ममा ५ लाख १८ हजार ६०१ आवेदनबाट ५७ करोड ७३ लाख १७ हजार रुपैयाँ बराबरको ५७ लाख ७३ हजार १७० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरको ८.९६ गुणा बढी हो ।

कम्पनीले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँट गरेको थियो।

कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

आईपीओमा आवैदन दिन ईच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनसक्नेछन् भने अधिकतममा १० हजार कित्ताका सम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स