काठमाडौं । बिहीबार, नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ अंक विन्दुमा आइपुगेको छ ।
आज ६१ लाख २८ हजारको कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३७ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जोशी हाइड्रोपावरको ६.९४%, विपिडब्लु लघुवित्तको ६.०८%, एशियन हाइड्रोपावरको ५.०७%, पाँचथर पावर कम्पनीको ५.०६% र नेरुड लघुवित्तको ४.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, सनराइज फोकस्ड इक्युटी फण्डको ६%, आत्मनिर्भर लघुवित्तको ५.४२%, माइ खोला हाइड्रोपावरको ३.९९%, नबिल ब्यालेन्स्ड फण्डको ३.२६%, सामुदायिक लघुवित्तको २.९८ प्रतिशतले सेयर मूल्य घटेको छ ।