नेप्से १६ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ अंक विन्दुमा आइपुगेको छ ।

आज ६१ लाख २८ हजारको कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३७ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, प्रभु बैक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड २१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआईसी एसिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र आत्मनिर्भर लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स