काठमाडौं ।आन्तरिक राजस्व विभागले आम लागनीकर्तालाई ढुक्क भएर सेयर बजारमा लगानी गर्न भनेको छ । सरकारले कहिले पनि लगानीकर्ताको अहित नसोच्ने भन्दै उनीहरू हितमा यो व्यवस्था ल्याएको बताए । सेयर बजारमा के के न छ, त्यहाँबाट टन्न राजस्व उठाऔँ भन्ने मनसाय होइन । ‘सरकारले गरेको व्यवस्थाले पुँजी बजारलाई कुनै पनि नकारात्मक र सकारात्मक भूमिका खेल्दैन । खेल्नु पनि हुँदैन, उनले भने ‘हामी तटस्थ छौँ,म स्वयम् नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को अध्यक्ष भएर बसेको मान्छे हुँ ।’
‘लगानीकर्तालाई निराश बनाउन खोजिएको होइन,’ उनले भने ‘अझ सरकारले त लागनीकर्तालाई व्यवस्थित गर्न खोजेको हो ।’ यो कुनै फेरि बाध्यकारी पनि होइन, नेपालको कर प्रणाली स्वच्छिक हो । यो हामीले आर्थिक वर्ष २०७६÷७७ बाट सुरु गरेका छौँ । ‘नयाँढंगबाट अघि बढ्ने व्यवस्था गर्न खोजेको हो । हामीलाई लगानीकर्ताहरुले विवरण दिएका छैनन् ।’ यद्यपि यो बाध्यकारी होइन, स्वेच्छिक हो । लगानीकर्ताको सुविधाको लागि ढोका खुला गरिएको हो । सरकारले गरेको व्यवस्थाभित्र बस्ने नबस्ने वा आउने–नआउने लगानीकर्ताको कुरा भएको पनि उनले प्रष्टाए ।
सेयर खरिद र बिक्री गर्दा नोक्सान पनि हुनसक्छ । वर्षभरि कारोबार गर्दा किनेको सेयर कति ? बिक्री गरेको सेयर कति ? यो सबै कम्पायल गरेर हेर्दा लगानीकर्तालाई नाफा र नोक्सान दुबै हुन सक्छ । लागनीकर्ताको लागि यो समायोजनको समय पनि हो ।
कानुनी व्यवस्थाअनुसार कोहीले ५ प्रतिशत वा कोहीले साढे ७ प्रतिशत पुँजीगत लाभकर तिरेको हुन्छ, जसले विजनेसको रुपमा कारोबार गरेका हुन्छन्, उनीहरुले तिरेको पैसा दाबी गर्न पाउँछन् । उनीहरुलाई भएको नोक्सान आउने वर्ष सार्न पाउँछन् । बढेको समयमा कर तिरेको हुन्छ । बजार तल आएका बेला बेचेको हुन्छ । राखी राख्ने भन्ने हुँदैन । १ वर्षको अवधिमा धेरै पटक कारोबार भएको र धेरै पटक नाफा र नोक्सान भएको हुन सक्छ ।
कुनै लगानीकर्ताले लगानी गरेको छ । नाफा ६ लाख भयो । ६ लाखसम्म आयकरमा पारिवारिक छुट नै छ । ६ लाखको १ प्रतिशत अर्थात ६ हजार मात्रै कर तिरे पुग्यो । थोरै आम्दानी भएको मान्छेले राज्यलाई टिडिएसको रुपमा कर तिरिरहेका छन्, त्यहि करले थाम्ने उनले उनले बताए ।
आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले करका कुराले लगानीकर्त बजारलाई असर नपर्ने बताए पनि आर्थिक विधेयकले सेयर बजारमा गरिएको लगानीका सम्बन्धमा बोलेपछि लगानीकर्ता अन्योलमा परेका छन् र सोही कारण हिजो आज दुबै दिन सेयर बजार भारी अंकले गिरावट आएको छ ।
आर्थिक विधेयकले गरेको व्यवस्था ‘वान टाइम’ लगानी गर्ने लगानीकर्ताहरूको लागि नभइ व्यवसायिक रुपमा निरन्तर लगानी गर्ने लगानीकर्ताहरूको लागि भएको पनि उनले बताए । जुन व्यक्तिले व्यवसायको रुपमा कारोबार गरेको छ, त्यस्ता लागनीकर्ताको लागि यो ऐन आकर्षण हुने हो ।