सिंगटी हाइड्रोले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीको आज जेठ १७ गते बसेको संचालक समितिको बैठकले १०० प्रतिशत अर्थात १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

अन्य जलविद्युत आयोजनामा लगानी गर्न र कम्पनीको ऋण चुक्ता गर्ने उद्देश्यले हकप्रद जारी गर्ने निर्णय गरिएको कम्पनी सचिव विष्णुप्रसाद रेग्मीले जानकारी दिए।

विद्युत नियमन आयोगले पुर्व स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स