काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको हित हुने व्यवस्था गरिएको छ, प्यानिक हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
अर्थ मन्त्रालयमा आज आयोजित आव २०८०/८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री महतले बजेटमा गरिएका व्यवस्था नबुझेर सेयर लगानीकर्ता प्यानिक भएको हुन सक्ने बताएका छन् । ‘अहिले ल्याइएको व्यवस्थाबारे नबुझेर बजार प्यानिक भएको हो, यसबारे लगानीकर्तालाई बुझाउने प्रक्रिया जारी छ’, उनले भने।
उनले सेयर बजारप्रति आफु सकारात्मक रहेको प्रष्ट पारेका छन् ।