दुई कम्पनीमा सर्किट लाग्दा कुनले कति कमाए र गुमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक १७.३८ अंकले घटेर १९४१.७४ अंक विन्दुमा आइपुगेको छ ।

आज ७० लाख ५० हजारको कित्ता सेयर २ अर्ब ६३ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको सेयरमा १० प्रतिशतको सर्किट लागेको छ । युनिलिभर नेपाल लघुवित्तको ७.१८%, एनएमबि डिभेन्चरको ६.०१%, चिलिमे हाइड्रोपावरको ५.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, हिमालयन उर्जा विकासको ६.४०%, न्यादी हाइड्रोपावरको ५%, नयाँ सारथी लघुवित्तको ४.९०%, नेशनल माइक्रोफाइनान्सको ४.७३% र हिमालयन एभरेष्ट इन्स्योेरेन्सको ४.४२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स