घोराही सिमेन्टको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट गरेको हो ।

कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ७ लाख ५४ हजार ६६१ कित्ता सेयर कम्पनीले विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ४८ हजार ३११ कित्ता सेयरमा भने आवेदन पर्न सकेन । वैदेशिक रोजगारीमा रहेका नेपालीमा वितरण हुन नसकेको सेयर सर्वसाधारणमा थप गरेर बिक्री गरिनेछ ।

कम्पनीको आइपीओ सिडिएसले संचालन गरेको बेवसाइट https://himalayancapital.com/ तथा बिक्री प्रबन्धकको बेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्ने सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स