नेप्सेमा ८ कम्पनीको १ करोड ३० लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ८ कम्पनीको १ करोड ३० लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । जेठ १२ गतेदेखि जेठ १० गतेसम्म ८ कम्पनीको कुल १ करोड ३० लाख २४ हजार ९६२.४६७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, जेठ ७ गते (आइतबार) एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त र साग्रिला डेभलपमेन्ट बैंकको गरि कुल ५७ लाख ८६ हजार ९४२.४६७१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका १३ लाख २६ हजार ६१४।३६ कित्ता, लक्ष्मी लघुवित्तको १५ प्रतिशत दरका ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २० प्रतिशत दरका ८ लाख २९ हजार २६।५६ कित्ता,सबैको लघुवित्तको १८ प्रतिशत दरका ४ लाख ८६ हजार कित्ता र साग्रिला डेभलपमेन्ट बैंकको ८।५३४ दरका २५ लाख ६९ हजार २२०।५४७१ कित्ता सेयर सूचीकृत भएको छ ।

जेठ ८ गते (सोमबार), नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

लघुवित्तको २२ प्रतिशत दरका कुल १३ लाख २० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, जेठ १० गते (बुधबार) छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

छिमेक लघुवित्त २२ प्रतिशत दरका कुल ५१ लाख १३ हजार २० कित्ता सेयर सूचीकृत भएको छ।

त्यसैगरि, युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ७ प्रतिशत दरका कुल ८ लाख ५ हजार कित्ता सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स