सेयर लगानीकर्ताहरुले पूर्वप्रधानमन्त्री देउवालाई भेटेर राखे यस्ता ६ बुँदे माग

काठमाडौं । सेयर लगानीकर्ताहरु नयाँ स्टक एक्सचेञ्जको माग गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका छन्। बिहीबार सेयर लगानीकर्ताहरुको संघले देउवासमक्ष नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज चाहिने सहितका ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले सेयर धितो कर्जामा १२ करोडसम्मको सीमाले निरुत्साहित पारेको भन्दै यो व्यवस्था हटाउन पहल गरिदिन पनि माग गरेका छन् । सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारलाई यसअघिकै जस्तो १ सय प्रतिशत मात्रै कायम गरिदिन पनि माग गरेका छन् ।

लगानीकर्ताको प्रमुख मागका रुपमा रहेको खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न ज्ञापनपत्रमा माग गरिएको छ।

लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सोहीअनुरुप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरेका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स