५ औं पटक १८ सयको बिन्दुलाई ‘टेष्ट’ गरेर उक्लियो पुँजी बजार, ७ दिनमा १५२ अंकले वृद्धि, यस कारणले बढ्छ बजार भोलि

काठमाडौं । अर्थतन्त्रको ऐनको रुपमा हेरिने पुँजी बजारमा अर्थतन्त्रको सूचकांकहरू विगतको भन्दा क्रमैसँग सुधार देखिएसँगै पुँजी बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भई १९५९.१२ मा बन्द भएको छ । आजको यो वृद्धि निरन्तर सातौ दिनको वृद्धि हो ।

यो सातौ दिनको वृद्धिमा नेप्सेले पाँचौ पटक १८ सयको बिन्दुलाई ‘टेष्ट’ गरेर बजार निरन्तर वृद्धिमा गएको छ । जेठ १ गते सोमबार तल्लो बिन्दु १८०७ को सर्पोट लिएर फर्किएको बजार सात दिनको निरन्तर वृद्धिपछि १५२ अंकको वृद्धि भएको छ ।

बजारमा सुधार आउनुको मुख्य कारणहरूमा प्रमुख त डलर सञ्चितिमा उल्लेख्य सुधार भएको देखिन्छ भने सीडी रेसियो ८४.८७ बिन्दुमा आईसकेको छ ।जसले लगानी योग्य रकम बैंकमा सञ्चित छ भन्ने जनाउँछ । सेयर बजारमा एनआरएनको लागनी भित्र्याउने ऐन संशोधन गर्ने तयारी हुँदैछ ।

जसले लगानीकर्तालाई उत्साहित बनाएको छ भने विदेशी लगानी स्वदेशमा भित्र्ने सहज बाटो खुल्नेछ । राष्ट्र बैंकले माइक्रोफाइनान्स सेक्टरलाई नीतिगत रुपमा फिल्डमा नबुझिकन हचुवा र आवेगमा गरेका निर्णयहरू विस्तारै क्रमश सच्याउँदै जाने नीति लिएको देखिन्छ । माइक्रोफाइनान्सका ऋणीहरू ५ प्रतिशत ब्याज तिरेर पुर्नसंरचना र पुर्नतालिकीकरण गर्ने सुविधा दिएको छ । जसले माइक्रोफाइनान्स सेक्टरका ऋणी र लगानीकर्तालाई उत्साहित बनाउने देखिन्छ ।

राष्ट्र बैंकले पछिल्लो नीतिले बजारलाई अब पछाडि फर्केर हेर्न नपर्ने र निरन्तर बढ्ने देखिएको छ । जसरी आज बढ्यो भोलि अझ माइक्रोफाइनान्समा आएको नयाँ नीतिका कारण बजार आजको भन्दा बढी अंकले बढ्ने निश्चित छ ।

दैनिक रुपमा रेमिट्यान्स करिब साढे ३ अर्ब भित्र्दै गर्दा डलर सञ्चितिमा उल्लेख्य सुधार भएको छ ।जसले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन उल्लेख्य भुमिका खेलेको छ । पयर्टन व्यवसायीहरू उत्साहित भएका छन् ।

कोभिड अगाडिको भन्दा धेरै पर्यटकहरू भित्रने अपेक्षामा होटल व्यवसायीहरू आशावादी छन् । जसले अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्छ । जुन सुधारका गतिविधिहरू अर्थतन्त्रको ऐनको रुपमा हेरिने पुँजी बजारमा हाल आएर प्रतिबिम्वित भएको देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स