नेप्से १६ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने टप १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख ६५ हजारको कित्ता सेयर १ अर्ब ८७ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ६४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख, हिमालयन डेष्टिलरीको ५ करोड ८१ लाख, सोल्टी होटलको ५ करोड ६८ लाख, ओरियन्टल होटलको ४ करोड ६० लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स