नेप्सेमा उछाल आउँदा ४ कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ६७ हजारको कित्ता सेयर २ अर्ब २० करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्तमा १०% र सामुदायिक लघुवित्तमा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

रिफर फल्स पावरको ८.३७%, अजोड इन्स्योरेन्सको ८.०८%, ग्लोबल आइएमई लघुवित्तको ७.९२%, मिरमिरे लघुवित्तको ७.८४%, विजय लघुवित्तको ७.६३% र राष्ट्र उत्थान लघुवित्तको ७.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स