२ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ६७ हजारको कित्ता सेयर २ अर्ब २० करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको ८ करोड ९९ लाख, एनआईसी एसियाको ७ करोड २३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख र हिमालयन डेष्टिलरीको ६ करोड ७९ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स