सेबोनले दियो ७ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स, क-कसले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ७ नयाँ कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स प्रदान गरेको छ । सेबोनले जेठ ८ गते (सोमबार) ७ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

लाइसेन्स पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् ।

सेबोनमा ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका थिए। तीमध्ये ४३ वटालाई भौतिक पूर्वाधार निर्माण गर्न सेबोनले आशयपत्र (एलओआई) दिएको छ।

सेबोनले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधार निर्माण गरेका ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिइएको हो। यी ७ कम्पनीले अघिल्लो हप्ता एलओआई पाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स