शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ५.८८ अंकले बढेर १८८३.२० अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख २८ हजारको कित्ता सेयर १ अर्ब ६० करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड १७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, राष्ट्रिय बिमा कम्पनीको ५ करोड २८ लाख , तारागाँउ रेजेन्सी होटलको ४ करोड १ लाख, नागरिक लगानी कोषको ३ करोड ७० लाख र नेपाल टेलिकमको ३ करोड ६४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स