नेप्सेमा ३ लघुवित्तसहित ४ कम्पनीको ३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ लघुवित्तसहित ४ कम्पनीको ३२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार, एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको गरि कुल ३२ लाख १७ हजार ७२१.५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसअनुसार, एनएलजी इन्स्योरेन्सको १० प्रतिशत दरका १३ लाख २६ हजार ६१४.३६ कित्ता, लक्ष्मी लघुवित्तको १५ प्रतिशत दरका ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको २० प्रतिशत दरका ८ लाख २९ हजार २६.५६ कित्ता र सबैको लघुवित्तको १८ प्रतिशत दरका ४ लाख ८६ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स