नेप्सेमा ७ कम्पनीको १ करोड ४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७ कम्पनीको १ करोड ४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । जेठ १ गतेदेखि जेठ ५ गतेसम्म ७ कम्पनीको कुल १ करोड ४ लाख ६५ हजार ४९२.४६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, जेठ १ गते (सोमबार) कृषि विकास बैंकको २ प्रतिशत हुन आउने २६ लाख ३७ हजार ५८३।१५ कित्ता, साल्ट ट्रेडिङको १० प्रतिशत हुन आउने २ लाख ५३ हजार ५३१.१९ कित्ता, स्वाभिमान लघुवित्तको २० प्रतिशतले हुन आउने २ लाख ४३ हजार ५६४.३० कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत हुन आउने १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, जेठ ३ गते (बुधबार) नेपाल बैंकको २ प्रतिशत दरका कुल २८ लाख ८१ हजार १८०.९६६३ कित्ता र फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत दरका कुल २१ लाख ११ हजार १२७.४६९ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यसैगरि, जेठ ४ गते (बिहीबार) मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत दरका कुल ११ लाख १५ हजार ७३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स