काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।
साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीको सेयरलाई नेप्सेले ११९ रुपैयाँ १३ पैसादेखि अधिकतम ३५७ रुपैयाँ ३९ पैसा ओपनिङ रेञ्ज दिन सक्नेछ ।
कम्पनीको सेयर ‘एसआरएलआई’ सिम्बोलबाट सूचीकृत भएको छ ।
योसँगै अब कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने छ ।