काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ ।
बिहीबार, नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.२० अंक विन्दुमा आइपुगेको छ ।
आज ४४ लाख २२ हजारको कित्ता सेयर १ अर्ब ४७ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल टेलिकमको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ६३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
शिवम् सिमेन्ट्सको ७ करोड ११ लाख , एनआईसी एसिया बैंकको ६ करोड ७६ लाख, एभरेष्ट बैंकको ३ करोड ५९ लाख र नेपाल नागरिक कोषको ३ करोड ४५ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।