सिटी होटलको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ काठमाडौंको सोल्टीमोडस्थित सिटी होटेलमा जेठ ५ गते बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० आवेदकबाट एक अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ८८ हजार ९९० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जुन सर्वसाधारलाई निष्काशन गरेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरको ९.४३ गुणा बढी हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जसअनुसार १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले सेयर पाउनेछन् ।

कम्पनीले वैशाख २५ गतेबाट आज वैशाख २८ गतेसम्म सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

कम्पनीले यस अघि नै विदेशमा कार्यरत नेपाली श्रमिकलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स