काठमाडौं । साताको चौथो दिन नेप्सेमा हरिषली छाएको छ ।
बुधबार, नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ अंक विन्दुमा आइपुगेको छ ।
आज २५ लाख ७७ हजारको कित्ता सेयर ८५ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २५ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आत्मनिर्भर लघुवित्तको ९.९९%, इष्टर्न हाइड्रोपावरको ९.७८%, ग्रिन लाइफ हाइड्रोपावरको ९.७३%, आदर्श लघुवित्तको ८.०६%, साहस उर्जाको ७.८८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, माइखोला हाइड्रोपावरको ७.९३%, युनिक्यु नेपाल लघुवित्तको ५.३६%, नेपाल बैंक डिभेन्चर २०८७ को २.५३%, नेपाल इन्भेष्टमेन्ट डिभेन्चर २०८२ को २.४३% र मेघा म्यूचल फण्डको २.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।