नेप्से २३ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्सेमा हरिषली छाएको छ ।

बुधबार, नेप्से परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ७७ हजारको कित्ता सेयर ८५ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २५ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ७६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

नेपाल टेलिकमको ४ करोड ७४ लाख , एनआईसी एसिया बैंकको ४ करोड ७४ लाख, नेपाल नागरिक कोषको २ करोड ११ लाख र माई खोला हाइड्रोपावरको १ करोड ७३ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स