धमाधम घटाउन थाले बैंकहरूले बेसरेट, अब कर्जाको ब्याजदर घट्ने

काठमाडौं । विगत २ अडाई वर्ष अगाडि व्यवसाय विस्तारका लागि विभिन्न प्रयोजनका लागि लिएको कर्जाको ब्याजदर करिब ८ प्रतिशतमा लिएको कर्जा बैंकहरूको सिण्डिकेट र विश्व अर्थ बजारमा देखिएको उतार चढावले कर्जाको ब्याजदर बढ्दै गएको थियो ।

त्यसलाई अझ थप सहयोग गर्नको लागि रुस युक्रेन युद्धले आगोमा घ्यू थपिदिएझै भएको थियो । जसले गर्दा ८ प्रतिशतमा लिएको कर्जाको ब्याजदर बढेर १७/१८ प्रतिशतसम्म तिर्न व्यवसायीहरू वाध्य भए भने कर्जाको ब्याजदर वृद्धि र बजारमा तरलताको अभावले गर्दा उद्योगधन्दा सुस्त भई व्यापार घाटा बढ्दै गएर व्यवसाय धान्न मुस्किल भएपछि प्रेम आचार्य जस्ता इमान्दार व्यवसयाीले आत्मदाह गर्नु परेको थियो । तर, पनि परिस्थितिलाई दृष्टिगत गरी राज्यले वित्त नीति र राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै किसिमको सम्बोधन गरेका थिएनन् ।

हाल आएर मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा कर्जाको ब्याजदरलाई घटाउँदै लैजाने र बजारमा तरलता सहज गराइ अर्थतन्त्र चलायमान बनाउने र सीमित केही क्षेत्रका उद्योगी व्यवसायीलाई पुर्नकर्जा प्रदान गरी अन्य व्यवसायीलाई निश्चित अवधिभरको किस्ता तथा ब्याजदर भुक्तानी विलम्बन भएमा जरिवाना लगाउन नपाउने व्यवस्था गरेको छ ।

जसको मूल मर्मलाई आत्मसाथ गर्दै बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्नो बेसरेट र बेसरेटमाथि चार्ज गरिएको प्रिमियम शुल्क समेत घटाइ आफ्ना ऋणीहरूलाई सहुलियत प्रदान गर्न बैंकहरू लागि परेका छन् ।

जसको फलस्वरुप एभरेष्ट बैंकले ०.५० प्रतिशत बेसरेट घटेको र कर्जाको ब्याजदर सस्तिने जानकारी एसएमएसमार्फत आफ्ना ऋणीहरूलाई धमाधम दिन थालेको छ ।

जसले गर्दा ऋण लिनेहरूलाई केहि सहजता प्रदान भइ सहज वातावरणको सिर्जना हुने र राष्ट्र बैंकले लिएको नीति अनुरुप अर्थतन्त्र चलायमान भइ केहि समय पश्चात नै अर्थतन्त्रको लय पुरानै बाटोमा फर्कने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स