आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्से सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० अंक विन्दुमा आइपुगेको छ ।

आज २० लाख ६३ हजारको कित्ता सेयर ६४ करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तको सेयरमा ९.९९ प्रतिशतले सर्किट लागेको छ । माया खोला हाइड्रोपावरको ५.७०%, हिमालयन उर्जा विकास कम्पनीको ५.३५%, सनराइज फोकस्ड इक्युटी फण्डको ४.५८%, राप्ती हाइड्रोको ४.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, माइ खोला हाइड्रोपावरको १०%, एनआइबिएल ग्रोथ फण्डको ५.६४%, इष्टर्न हाइड्रोपावरको ४.५९%, मानुसी लघुवित्तको ४.३३% र बोटलर्स नेपालको ३.०८ प्रतिशले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स