नेप्से सामान्य अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्से सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० अंक विन्दुमा आइपुगेको छ ।

आज २० लाख ६३ हजारको कित्ता सेयर ६४ करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड १ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

शिवम् सिमेन्ट्सको २ करोड ८८ लाख , नबिल बैंकको २ करोड १६ लाख, नेपाल इन्स्योरेन्सको १ करोड ६७ लाख, २ करोड २८ लाख र हिमालयन बैंकको १ करोड ६४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स