काठमाडों । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकैदिन दुई लघुवित्तसहित ४ कम्पनीको साढे ४३ लाख बढी कित्ता बोनस सेयर सेयर सूचीकृत भएको छ ।
सनेमबार कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त गरि कुल ४३ लाख ५६ हजार ४५१.०३ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको हो।
जसअनुसार कृषि विकास बैंकको २ प्रतिशत हुन आउने २६ लाख ३७ हजार ५८३.१५ कित्ता, साल्ट ट्रेडिङको १० प्रतिशत हुन आउने २ लाख ५३ हजार ५३१.१९ कित्ता, स्वाभिमान लघुवित्तको २० प्रतिशतले हुन आउने २ लाख ४३ हजार ५६४.३० कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत हुन आउने १२ लाख २१ हजार ७७२.३९ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।