काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ अंक विन्दुमा आइपुगेको छ ।
आज २३ लाख ४१ हजारको कित्ता सेयर ७२ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०४ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, एनआइबिएल ग्रोथ फण्डको ९.८८%, आत्मनिर्भर लघुवित्तको ६.११%, राप्ति हाइड्रोको ६.०४%, सिभिल लघुवित्तको ४.४९%, नयाँ सारथी लघुवित्तको ४.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६.४५%, बाराहि हाइड्रोपावरको ५.३५%, कुमारी इक्युुटी फण्डको ५.०४%, इष्टर्न हाइड्रोपावरको ४.७७% र वीन नेपाल लघुसवित्तको ३.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।