नेप्सेमा माई खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । सोमबार कम्पनीको १०० अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत भएको हो ।

योसँगै, भोलि मंगलबारबाट सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ। त्यसैले यो कम्पनीको सेयर पनि भोलि मंगलबारबाट कारोबारमा आउनेछ।

नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स