अपर स्यांगे हाईड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं । अपर स्यांगे हाईड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्र िखुला भएको छ । कम्पनीले आज जेठ १ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले २ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ। त्यस्तै कम्पनीले ६५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको छ।

आयोजना प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा जेठ १६ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ३० गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने जेठ १६ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीले लमजुङ जिल्लाको मस्र्यांगदी गा.पा. वडा नं. ४, स्यांगे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स