आत्मनिर्भर लघुवित्तमा सर्किट लात्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख ८८ हजारको कित्ता सेयर ९० करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । नागरिक लगानी कोषको ३.९३%, मिथिला लघुवित्तको ३.८६%, बराही हाईड्रोपावरको ३.७८%, स्वाभिमान लघुवित्तको ३.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, राष्ट्र उत्थान लघुवित्तको ६.३७%, दोर्दी खोलाको ५.९२% , हिमालयन उर्जाको ५.७०%, श्वेत गंगाको ५.२३%, कृषि विकास बैंकको ५.०२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स