काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आसय पत्र(एलओआई) प्राप्त गरेका ब्रोकर कम्पनीहरूले पुराना कम्पनीलाई विरोध नगर्न आग्रह गरेका छन् । लाइसेन्स पाउनु अघि नै उनीहरू संगठित भएर नयाँ ब्रोकरहरूको विरोध नगर्न आग्रह गरेका हुन् । नयाँ ब्रोकरहरूले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी गर्दै त्यस्तो कामको विरोध नगर्न पुराना ब्रोकर कम्पनीहरूलाई सुझाएका छन् । सागर ढकालको संयोजकत्वमा उनीहरुले न्यू स्टक ब्रोकर एसोसियसन नेपाल नामको संगठन खोलेका हुन् ।
स्टक ब्रोकरहरूको नयाँ संगठनले भनेको छ‘आफ्नो सिन्डिकेट एवम् एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पुँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरूको संगठन स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले मिति २०८०/०१/२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहिन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरूले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ ।
उक्त विज्ञप्तिमार्फत स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ ।’
नयाँ कम्पनीका लगानीकर्ताहरूले नेपालको इतिहासमै पहिलो पटक समय सीमा तोकर पारदर्शी ढंगले एक रुपैयाँ खर्च नगरि लाइसेन्सका लागि आसय पत्र वितरण गरेको उनीहरूले बताए ।
‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएकोदेखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो ।
तर, यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ ।’
नेप्सेले २०७९ सालमा गरेको अध्ययनले १७८ वटा ब्रोकर कम्पनी थप्न सकिने तथ्य उजागर गरेको दावी पनि उनीहरुले गरेका छन् । ५६ लाख डिम्याट खाता, दोस्रो बजारका लगानीकर्ता नै २० लाख पुगिसकेको अवस्थामा ५० वटा ब्रोकरहरुले बजार धान्नै नसकने दावी पनि उनीहरुको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लाइसेन्सका लागि आसय पत्र(एलओआई) प्राप्त गरेका ब्रोकर कम्पनीहरूले पुराना कम्पनीलाई विरोध नगर्न आग्रह गरेका छन् । लाइसेन्स पाउनु अघि नै उनीहरू संगठित भएर नयाँ ब्रोकरहरूको विरोध नगर्न आग्रह गरेका हुन् । नयाँ ब्रोकरहरूले एतिहासमै पहिलो पटक पारदर्शी रुपमा ब्रोकर लाइसेन्स वितरण भएको दावी गर्दै त्यस्तो कामको विरोध नगर्न पुराना ब्रोकर कम्पनीहरूलाई सुझाएका छन् । सागर ढकालको संयोजकत्वमा उनीहरुले न्यू स्टक ब्रोकर एसोसियसन नेपाल नामको संगठन खोलेका हुन् ।
स्टक ब्रोकरहरूको नयाँ संगठनले भनेको छ‘आफ्नो सिन्डिकेट एवम् एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पुँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरूको संगठन स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले मिति २०८०/१/२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहिन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरूले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ ।