मोदी इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न, ५ लाख ६१ हजार २२६ जनाले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज बिहान सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।

यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।

नतिजा प्रकाशन भएको केहि समयपछि यी चार तरिका बाट र्हो सकिने छः

१. बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स