मोदी ईनर्जीको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आइतबार (वैशाख ३१ गते) बिहान ९ः३० बजे आफ्नै कार्यालयमा बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम सम्ममा १२ लाख ८६ हजार ६२३ आवेदकबाट १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख १२ हजार ९८० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जुन सर्वसाधारणलाई निष्कशन गरेको ५५ लाख ५९ हजार ४२० कित्ता सेयरको २.५७ गुणा बढी हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जसअनुसार ५ लाख ५५ हजार ९४२ जना योग्य आवेदकले मात्रै सेयर पाउनेछन् ।

कम्पनीले सर्वसाधारणलाई वैशाख १९ गतेदेखि वैशाख २४ गतेसम्म निष्काशन गरेको थियो।

कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २ सय ८० कित्ता सुरक्षित गरि सर्वसाधारणलाई ५९ लाख ९४ हजार ४ सय २० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स