काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एकैदिन ३ कम्पनीका करिब साढे २० लाख कित्ता सेयर सूचीकृत भएको छ ।
बिहबिार, ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयलको कुल २० लाख ४० हजार ९९७.१८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
जसअनुसार, ज्योति विकास बैंकको ३ प्रतिशत दरका १२ लाख ८० हजार ३२५.९९ कित्ता, ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत दरका ६ लाख ६३ हजार १०७.१९१२ कित्ता र नेपाल ल्युब आयलको २५ प्रतिशत दरका ९७ हजार ५६४ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।