यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज २१ लाख ३ हजारको कित्ता सेयर ५७ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तको ६.१०%, सिटिजन्स् म्युचुअल फण्डको ५.८९%, मनकामना स्मार्ट लघुवित्तको ५.७१%, इष्टर्न हाइड्रोपावरको ५.६६% र कुमारी इक्विटी फण्टको ५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ५.९९%, बाराही हाइड्रोपावरको ५.५२%, एशियन हाइड्रोपावरको ४.६३%, बलेफि हाइड्रोपावरको ४.३५% र पंचकन्या माई हाइड्रोपावरको ४.३४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स